पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भन्छन् : प्रधानमन्त्री ज्यू रेल र पानीजहाज होइन पहिला नागढुंगा नौबिसेको बाटो चाहियो « Eglish Khabarhub

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भन्छन् : प्रधानमन्त्री ज्यू रेल र पानीजहाज होइन पहिला नागढुंगा नौबिसेको बाटो चाहियो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रेल र पानीजहाजभन्दा पहिला नागढुंगा नौबिसे बाटो निर्माण गर्न सुझाव दिएका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीइटरमा नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले भने,‘पानीजहाज चढेर कलकत्ता पुग्नुभन्दा पहिले बस चढेर नौबिसे पुग्ने व्यवस्था गर्नुपर्यो प्रमज्यू !’

उनले थपे,’अहिले विहानैदेखि नागढुंगाबाट नौबिसेसम्म पूरै जाम छ।घण्टौंसम्म यात्रीहरू अलपत्र छन्,कमसेकम रामकोटबाट धार्केसम्म वैकल्पिक बाटो बनाउन युद्धस्तरमा काम गर्न किन सकिन्न ? अनि बल्ल पानीजहाज र रेल !’

Publish on: