मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुमको बसन्तपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा उद्घाटन


काठमाण्डौ । तेह्रथुम जिल्लाको लाली गुराँस नगरपालिका वडा नं. २ बसन्तपुरामा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय स्थापना भएको छ ।

शाखाको बैंक संचालक समितिकका सदस्य रबीन्द्रलाल श्रेष्ठले एक समारोहका बीच उद्घाटन गरेका हुन् । प्रमुख अतिथि श्रेष्ठले सरकारी नीतिलाई सघाउ पुग्ने गरी बैंक अगाडि बढिरहेको बताए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब महाप्रवन्धक श्री उद्धबप्रसाद खनाल, विराटनगर क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्र कट्टेल, तेह्रथुम जिल्लाको प्रदेशसभा(क) सांसद लक्ष्मण तिवारी, लालिगुंरास नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ लगायतको उपस्थिति रहेको थियो ।

बैंकको हाल ६९ जिल्लामा १९२ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।