के के गर्यो सांग्रिला डेभलपमेन्ट बैंकको १३औं साधारणसभाले ? « Eglish Khabarhub

के के गर्यो सांग्रिला डेभलपमेन्ट बैंकको १३औं साधारणसभाले ?



S

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले आज आईतबार काठमाण्डौमा १३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष प्रा.डा. रबिन्द्रप्रसाद श्रेष्ठले आ.ब.२०७३÷७४ को आर्थिक विवरणहरु सहित बार्षिक प्रतिबेदन प्रस्तुत गरि सोही अवधिसम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरि पारित गरिएको बताइएको छ ।

२ अर्व ४४ करोड ५२ लाख ५६ हजार ६ सय चुक्ता पुँजी भएको यस विकास बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत आर्थिक वर्ष ०७३/७४ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको २.५० प्रतिशत बराबरको बोनश शेयर तथा ९.३० प्रतिशत नगद लाभांस वितरण गरिने भएको छ । सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ५० करोड ६३ लाख ८५ हजार हुनेछ ।

यस विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा करिब १४ अर्व ७६ करोड रुपैयाँ निक्षेप संकलन, १४ अर्ब कर्जा प्रवाह गरि करिब २५ करोड ०६ लाख रुपैयाँ खुुद नाफा आर्जन गरेको छ ।

हालसम्म ५२ शाखा रहेको यस बैंकले चालुु आ.ब.मा पूूंजी बृद्धिसंगै ब्यवसायको आकारलाई समेत बृद्धि गर्नुु पर्ने भएकोले आफनो शाखा संजाललाई बिस्तार गर्ने कार्यमा हाल गोरखाको छेवेटार एक्टेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गरिसकेको छ ।

त्यस्तै, पहिला चरणमा काठमाण्डौं उपत्यकामा थप ६ वटा शाखा सहित सातवटै प्रदेशमा गरि नयां २२ वटा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकति लिई मुुस्ताङको जोमसोम बाहेक अधिकांस शाखाहरु यसै चालुु आ.ब.मा संचालन भईसकेको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

दोस्रो चरणमा काठमाण्डौ उपत्यकामा अरु थप ५ वटा पेप्सीकोला, टोखा, बानेश्वर, सानेपा ललितपुुर र ठीमी भक्तपुुर सहित बिभिन्न दुुर्गम स्थानहरु हुुम्लाको सिमीकोट, दार्चुुलाको खलंगा, बैतडीको पाटन, दैलेखको राकम, रोल्पाको सुुलिचौर, नुुवाकोटको बटार, धादिङको गल्छी लगायत २९ वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई निर्माण कार्य भइरहेको र सो पश्चात बैंकको शाखा सन्जाल ८७ पुुग्ने नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।

आफ्नै १४ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको यस बैंकले हाल संचालनमा रहेको एससीटी संजालको एटीएम कार्डलाई बिस्तावित गरि नयां भिसा डेबिड कार्ड संचालनमा ल्याई सकेको छ ।

एपोलो हस्पीटल, नयां दिल्ली इन्डीया र यस विकास बैंकबीच भएको सम्झौतामा यस विकास बैंकका ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा लिंदा उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुुट प्रदान गरिने द्धिपक्षीय सहमति भएको छ भने सो सेवा लिन ग्राहकहरुले यस विकास बैंकले प्रदान गर्ने भिसा डेविट कार्ड लिएको हुुन पर्ने बताइएको छ ।

Publish on: