काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको २३ औ बार्षिक साधारण सभा आज मिति असार २२ गते सम्पन्न भएको छ ।
उक्त सभाले वित्तीय संस्थाको आगामी ४ बर्षको लागि संस्थापक शेयरधनीहरुको समुहबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुको समुहबाट ३ जना सञ्चालकहरु निर्वाचित गरेको छ ।
संस्थापक समूहबाट शशीराज पाण्डे, चन्द्रलेखा पाण्डे र श्यामसन जबरा तथा सर्वसाधारण समुहबाट उमेशभगत प्रधानाङ्ग, बालकृष्ण शर्मा वाग्ले र महेशप्रसाद अधिकारी निर्वाचित भएका छन् ।
सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै वित्तीय संस्थाका अध्यक्ष रविन्द्रराज पाण्डेले संस्थाले संकलन गरेको निक्षेप अघिल्लो बर्षको तुलनामा ८४ प्रतिशतले उल्लेख गरेका थिए ।
सो सभाले आर्थिक बर्ष २०७३\०७४ को नाफाबाट आफ्ना शेयरधनीहरुलाई २६.५७ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने निर्णय समेत गरिएको बताइएको छ ।
SHARE YOUR THOUGHTS