काठमाडौं । धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुलाई अनिवार्य रुपमा साधारण सेयर (आइपीओ) जारी गर्नुपर्ने ब्यवस्था गरेको छ । बोर्डले आगामी आर्थिक बर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिएको हो ।
मर्चेन्ट बैंकरले आइपीओ जारी गर्ने पर्ने र उनीहरुले आफ्नो पुँजीको १५ प्रतिशत आइपीओ जारी गर्दा पनि हुने ब्यवस्था गर्न लागिएको बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले जानकारी दिए ।
‘मर्चेण्ट बैंकिङ्ग व्यवसायमा पारदर्शिता तथा जनसहभागिता समेत बढाउने उद्देश्यले मर्चेण्ट बैंकिङ्ग व्यवसायी (मर्चेण्ट बैंकर) हरुका लागि १५ प्रतिशतमात्र सार्वजनिक निष्काशन गरी पब्लिकमा जानसक्ने व्यवस्था गर्ने कार्यक्रम राखिएको छ,’ अध्यक्ष डा. कार्कीले भने ।
विभिन्न बाणिज्य बैंकहरुको शतप्रतिशत लगानीमा खुलेका यस्ता मर्चेन्ट बैंकरहरुले सर्बसाधारणलाई सेयर जारी गर्ने गरेका छैनन् ।
यस्तै बोर्डले बजार निर्माताको लागि नागरिक लगानी कोषलाई विशेष अबसर दिने भएको छ । अहिले सेयर लगानीकर्तादेखि पुँजी बजारसँग सरोकारवाला ब्यक्ति र निकायले बजार निर्माताको अभाव भएको बताइरहेका छन् ।
‘पँुजी बजारको गतिशील विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ता तथा बजार निर्माताको रुपमा पँुजी बजारमा सक्रिय बनाउन आवश्यक सहजीकरण गर्ने कार्यक्रम राखिएको छ,’ अध्यक्ष कार्कीले भने ।
SHARE YOUR THOUGHTS