एटीएमबाट पैसा नआउँदा पनि पैसा काटिए खातामा ब्याज थपिने « Eglish Khabarhub

एटीएमबाट पैसा नआउँदा पनि पैसा काटिए खातामा ब्याज थपिने



काठमाडौं । अब एटीएम मेसिनबाट पैसा निकाल्दा नआएको खण्डमा पैसा काटिएमा बैंकले त्यसको ब्याज दिने भएको छ ।

कुनै बैंक वा वित्तीय संस्थाका उपभोक्ताले उक्त बैंक वा वित्तीय संस्थाको एटीएम मेशिन वा पीओएस मेशिनबाट पैसा निकाल्न खोज्दा पैसा ननिस्किएपनि खाताबाट रकम काटिने गथ्र्याे भने अब बैंकले पैसा काट्न पाउने छैन ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै एटीएम मेशिन वा पीओएस मेशिनबाट कारोबार गर्दा कारोबार सफल नभई खातावालाको खाताबाट रकम काटिएको खण्डमा सम्बन्धित खातावालको खातामा निश्चित समय भित्रमा रकम फिर्ता गर्नुपर्ने र सो नगरिएमा बैंक तथा वित्तीय संस्थाले उक्त रकमको समेत ब्याज दिनुपर्ने व्यवस्था मिलाइने बताइएको छ ।

यसो गर्दा सेवाग्राहीहरुलाई केही राहत मिलेको भए पनि वित्तीय संस्थाहरुको लागि भने कडा नीतिको निर्माण भएको भान हुन गएको छ ।

Publish on: