मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरको पुनर्वासमा एनआईसी एशियाको नयाँ शाखा


काठमाण्डौ । एनआईसी एशिया बैंकको पुनर्वास, कञ्चनपुरस्थित पुनर्वास शाखाको एक समारोहका बीच शुभारम्भ भएको छ । पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले शाखा उद्घाटन गरेका हुन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२६ शाखाकार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवम् ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुक कै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बिज्ञप्ति मार्फत जनाइएको छ ।

साथै बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको जनाइएको छ ।