म्याग्दीका २ ठाउँमा प्रभु बैंकको शाखा « Eglish Khabarhub

म्याग्दीका २ ठाउँमा प्रभु बैंकको शाखा



काठमाण्डौ । प्रभु बैंकले म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका ७, ताकम र रघुगंगा गाउँपालिका वडा नं. ३, मौवाफाँटमा गरी २ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

म्याग्दी जिल्लाको धवलागिरी गाउँ पालिकावडा नं. ७, ताकमस्थित बैंकको धवलागिरी शाखा गाउँ पालिकाका अध्यक्ष थमसरा पुनबाट एक उद्घाटन भएको हो । त्यसैगरी, रघुगंगा गाउँपालिका वडा नं. ३, मौवाफाँटस्थित बैंकको रघुगंगा शाखा गाउँ पालिकाका अध्यक्ष भवबहादुर भण्डारीबाट शुभारम्भ गरिएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा म्याग्दी जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यवसायी, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।

बैंकका धवलागिरी शाखा कार्यालय र रघुगंगा शाखा कार्यालय बाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकद्वारा प्रकाशित विज्ञप्तीमा जनाइएको छ ।

Publish on: