काठमाण्डौ । ग्लोबल आईएमई बैंक लि. र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि. बीच साउन १ गते ब्यान्कासोरेन्स सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३१ वटै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिने बताइएको छ ।
उक्त सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बिज्ञप्ति मार्फत जनाएको छ ।