लेगोस, नाइजेरिया । अमेरिका लैजाने प्रलोभनमा परी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखिएका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा नेपाल फिर्ता भएका छन।
उनिहरुसङ्ग नेपालका जेशन श्रीस (बाग्लुङ्ग र पोखरा ) लगायतले जनही ३५ लाख रुपैयाँ नेपाल मै लिएको र पछि बीच बीचमा खाना र अरु खर्च गरी ५० लाख खर्च भएको पिडितहरुले बताएका छन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाको प्रयास र सहयोगमा उनीहरु काठमाडौ फर्केका हुन् । उनिहरुको पासपोर्ट समेत तिनीहरुको साथमा थियो । इजिप्ट स्थित नेपाल दुतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र ती मध्ये १२ जनालाई अमेरिका लान ब्राजिल उडाइएको, १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनिहरु सम्पर्कमा आएका छैनन् ।
गत महिना समेत थापाको संयोजनमा टोगो बाट यहि समुहका ५ जनालाई उद्दार गरी नेपाल फर्काइएको थियो । थापाले उनीहरुको फिर्ताका लागि सहयोग गर्ने इजिप्ट स्थित नेपाली दुतावस, एनआरएनए नाइजेरिया परिवार, आइसिसि सदस्य चिरञ्जीवी रोका, एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद ब्यक्त गरेका छन् ।
बिबिन्द्र र जगन समेत गत मे महिनामा मात्र एनसिसि नाइजेरियाको सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए ।
SHARE YOUR THOUGHTS