काठमाडौं । आर्थिक वर्ष २०७४/७५ सकिन तीन बाँकी रहदा वाणिज्य बैंकसँग २४ खर्ब ३७ अर्ब निक्षेप थियो भने २० खर्ब ९० अर्ब रुपैयाँ कर्जा थियो ।
अन्तिम तीन दिनमा भने बैंकमा ३३ अर्ब रुपैयाँ निक्षेप थपियो भने कर्जा २१ अर्ब रुपैयाँले बढ्यो ।
सरकारी भुक्तानी अन्तिम तीनमा अत्याधिक भएको हुँदा बैंकमा निक्षेप बढ्नु स्वभाविक नै हो ।
तर,अन्तिम तीन दिनमा बढेको कर्जा भने अचम्म लाग्दो छ । ऋण लिएका व्यवसायीले असार मसान्तको हिसाब मिलान गर्नको लागि ओभरड्राफ्ट प्रकारका ऋण लिएको हुँदा असार मसान्तको अन्तिममा ऋण ह्वातै बढेको हो ।
विगतमा पनि व्यवसायीले हिसाब मिलानको लागि अन्तिममा यस्तै ऋण लिने र ऋण नै चुक्ता गर्ने गरेका थिए ।
असार मसान्तसम्ममा वाणिज्य बैंकसँग स्वदेशी मुद्रामा २३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप विदेशी मुद्रामा ८१ अर्ब रुपैयाँ छ । यस्तै कर्जा तर्फ स्वदेशी मुद्रामा २० खर्ब ५७ अर्ब तथा विदेशी मुद्रामा ५४ अर्ब रुपैयाँ रहेको छ ।
एक वर्षको अवधीमा बैंकमा १३.६६ प्रतिशते निक्षेप बढेको छ भने कर्जा प्रवाह १३.४१ प्रतिशतले बढेको छ ।
SHARE YOUR THOUGHTS