नविकेको हकप्रद लिलामीबाट बेच्दै सूर्या लाइफ « Eglish Khabarhub

नविकेको हकप्रद लिलामीबाट बेच्दै सूर्या लाइफ




काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले संथापक तथा सर्वसाधारण समुहको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । उक्त प्रयोजनका लागि कम्पनीले बोलपत्र आव्हन गरेको छ ।

शिलबन्दी बोलपत्र श्रावण १६ गतेदेखि २३ गतेसम्म खुल्ला रहने छ । कम्पनीको संस्थापक समूह तर्फ ३ हजार २ सय ८९ कित्ता र सर्वसाधारण तर्फ ७१ हजार ९५ गरी जम्मा ७४ हजार ३ सय ८४ कित्ताको लागि आवेदन परेन ।

आवेदन नपरेकै कारणले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन नम्बर १५ को प्रावधानलाई आधार मानेर सेयर बिक्री गर्न लागीएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एन आईसी एशिया क्यापिटलले जनाएको छ ।

Publish on: