भारतीय सेयर बजारले बढेर हरेक दिन नयाँ रेकर्ड कायम गरेको छ । मुम्बई स्टक एक्सचेन्ज(सेन्सेक्स) र नेशनल स्टक एक्सचेन्ज(निफ्टी)ले हरेक दिन नयाँ रेकर्ड कायम गरेका छन् ।
सेन्सेक्स आज १२६ अंकले बढेर ३६९८५ बिन्दुमा पुगेको छ । यस्तै निफ्टी ३५.३० अंकले बढेर १११६७.३० बिन्दुमा पुगेको छ ।
भारतीय सेयर बजारले अझै नयाँ रेकर्ड कायम गर्ने अनुमान सेयर लगानीकर्ताले गरेका छन् ।
भारतमा रेकर्ड ब्रेक गर्दै सेयर बजार बढीरहेको बेला पाकिस्तानमा भएको चुनावको नतिजाले सेयर बजारमा उछाल छाएको छ ।
पाकिस्तानमा भएको निर्वाचनमा क्रिकेट टिमका पूर्वकप्ता इमरान खानको पार्टी पहिलो भएपछि सेयर बजारमा उछाल आएको हो ।
कराची स्टक एक्सचेन्ज सूंचाक ७०९ अंकले बढेको छ । पाकिस्तानको अर्थव्यवस्था निकै नै खराब छ । त्यहाका लगानीकर्ताले इमरानको दल शक्तामा आएपछि आर्थिक रुपमा परिवर्तन हुने अपेक्षा राखेका छन् ।
SHARE YOUR THOUGHTS