काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ५२ औं लघुवित्त वित्तीय संस्थाको रुपमा कारोबार गर्ने अनुमति पाएको स्पर्स लघुवित्त वित्तीय संस्थाले एकै पटक पाँच वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।
पोखरा लेखनाथ महानगरपालिका २६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले तनहुँको ऋषिङ्ग गाउँपालिकाको मानपुर, गोरखाको भिमसेन गाँउपालिकाको घ्याम्पेशाल, गुल्मीको छत्रकोट गाँउपालिकाको खज्र्याङ्ग, नवलपुरको वुङ्गदीकाली गाँउपालिकको डेढगाँउ र परासीको बर्दाघाट नगरपालिकाको भुताहामा गरी ५ वटा नयाँ शाखा संचालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।
वित्तीय संस्थाले थप नयाँ शाखा सहित हालसम्म पश्चिमाञ्चल क्षेत्रका १० वटा जिल्लामा २० वटा शाखा संचालनमा ल्याएको छ । हाल ५.६० करोड चुक्ता पूँजी भएको यस वित्तीय संस्थाले १० वटा जिल्लाहरु कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ ।
जनता बैंक नेपाल, मेगा बैंक नेपाल तथा विभिन्न ७५ जना व्यवसायिक तथा समाजसेवी व्यक्तित्वहरुबाट प्रर्वद्धन भएको स्पर्स लघुवित्तले पृथक तरिकाले लघुवित्त सेवालाई समावेशी बनाउदै सबै क्षेत्रका जनताको लागि उपयुक्त हुने किसिमको कार्यक्रम संचालनमा ल्याएको छ ।
वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यहरुको आवश्यक्ता र चाहनालाई ख्याल राखी कर्जा तथा बचत सेवामा विविधिकरण गर्दै सदस्यहरुको हित हुने खालका अन्य कार्यक्रमहरु विस्तार गर्ने रणनीति लिएको कुरा प्रमुख कार्यकारी अधिकृत खड्काले बताए ।
SHARE YOUR THOUGHTS