युनाईटेड ईन्स्योरेन्स र राष्ट्रिय बाणिज्य बैंकबीच सम्झौता « Eglish Khabarhub

युनाईटेड ईन्स्योरेन्स र राष्ट्रिय बाणिज्य बैंकबीच सम्झौता



काठमाण्डौ । युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. र राष्ट्रिय बाणिज्य बैंक लि. का बीच आईतवार युनाईटेड ईन्स्योरेन्स र एनआईसी एशियाबीच बैंकान्स्योरेन्स सम्झौता सम्झौता भएको छ ।

सम्झौता पत्रमा युनाईटेड ईन्स्योरेन्स कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र बाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो अवसरमा दुबै संस्थाका प्रमुख कार्यकारी अधिकृतले सम्झौता बमोजिम बैंकको हाल संचालनमा रहेका २०४ वटा शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयबाट ग्राहकहरुले धितो तथा अन्य सम्पत्तिहरुको बीमा रक्षवरण युनाईटेड ईन्स्योरेन्स कम्पनी मार्फत गर्न सक्ने र युनाईटेड ईन्स्योरेन्स कम्पनीले ग्राहकहरुको धितो तथा सम्पत्तिहरुको बीमालेख जारी गर्न सक्ने हुदाँ सहज र सरल प्रकृयाबाट बीमा सेवा उपलब्ध हुने विचार व्यक्त गरे ।

समारोहमा बाणिज्य बंैक लि.का नायव प्रमुख कार्यकारी अधिकृतहरु भुपेन्द्र पाण्डे र कविराज अधिकारी, नायव महाप्रबन्धकहरुसुशिल श्रेष्ठ, केशवप्रसाद लम्साल, टेकराज जोशी, उद्धवप्रसाद खनाल, नरेशराज अर्याल र विभागीय प्रमुख महेन्द्रप्रसाद अवस्थी तथा युनाईटेड ईन्स्योरेन्स कम्पनी नेपाल लि.का तर्फबाट का.मु. नायव महाप्रबन्धक जिवनकुमार उप्रेतीको उपस्थिती रहेको थियो ।

Publish on: