एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सम्झौता « Eglish Khabarhub

एनआईसी एशिया बैंक र ओम हस्पिटलबीच सम्झौता



काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड रओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०%सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावल र हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले बिज्ञप्ति मार्फत जनाएका छन् ।

Publish on: