काठमाडौं । सरकारी स्वामित्वको जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड(एचआइडिसिएल) ले पूँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउने भएको छ ।
जलविद्युत् क्षेत्रमा लगानीको मात्रा र अवसर दुवै बढ्दै गएको निकर्षका साथ साथ कम्पनीले पूँजी वृद्धिको योजना अगाडि सारेको हो ।
हाल कम्पनकिो पूँजी १० अर्ब रुपैयाँ रहेको थियो । त्यसमा ८ अर्ब विविभन्न् सरकारी निकायको शेयर रहेको छ भने २ अर्ब रुपैयाँ आम नागरिकको शेयरको रुपमा रहेको छ ।
पूँजी बढाउनका लागि कम्पनीले तत्कालै २ अर्ब बराबरको २ करोड कित्ता हकप्रद शेयर बिक्री गर्ने योजना अगाडि सारेको छ ।
कम्पनीले थप गर्न लागेको १० अर्ब पूँजी मध्ये ५ अर्ब रुपैयाँ सरकारले कम्पनीलाई उपलब्ध गराएको छ । कम्पनीको अध्यक्षमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव रहने व्यवस्था छ ।
ऊर्जा मन्त्रालयकाअनुसार कम्पनीलाई अर्थ मन्त्रालयले २ अर्ब, ऊर्जा, जलस्रोत तथा सिंचाइृ मन्त्रालयले १ अर्ब , कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १ अर्ब र महालेखा नियन्त्रणको कार्यालयले १ अर्ब रकम उपलब्ध गराएको छ ।
ऊर्जा मन्त्रालयकाअनुसार कम्पनीमा कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले समान १÷१ अर्ब रकम लगानी गर्ने वचन दिएका छन् ।
कम्पनीको पूँजी वृद्धि गर्दै ३० अर्ब पुर्याउने लक्ष्य राखिएको छ । जलविद्युत् क्षेत्रमा लगानीको मात्रा बढाउने र सहज रुपमा वित्तीय व्यवस्थापन गराउने लक्ष्यका साथ सरकारी निकाय नै सक्षम बनाउने सरकारले लक्ष्य राखेको छ ।
कम्पनीले चालु आर्थिक वर्ष भित्रै हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको छ । तर शेयर बजारमा कम्पनीको शेयर भने दोस्रो बजारमा प्रतिकित्ता १६५ रुपैयाँमा बिक्री भइरहेको छ ।
कम्पनीको स्वामित्वमा रहेको १० अर्ब रकम मध्ये ९ अर्ब ६५ करोड रकम सहवित्तीयकरणका रुपमा १६ वटा जलविद्युत् आयोजनामा लगानी गरिएको छ । तर कम्पनीले गरेको भनिएको लगानीको अवस्था कस्तो रहेछ र आयोजना कहिले सकिन्छ भन्नेमा कुनै जानकारी छैन ।
ती आयोजनाको क्षमता १ हजार १४४ मेगावाट रहेको छ । सञ्चालक समितिको बैठकमा कम्पनीका लागि विभिन्न विदेशी दातृ निकायबाट २ खर्ब बराबरको सहुलियत ऋण लिने विषयमा समेत छलफल भएको छ । तर अन्तिम निर्णय भने भइसकेको छैन । नीजि क्षेत्रका लगानीकर्ताले भने अरु बैंक र वित्तीय संस्था र कम्पनीमा कुनै फरक नरहेको बताउँदै आएको छन् ।
SHARE YOUR THOUGHTS