काठमाडौं । सूर्यालाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक तथा सर्वसाधारण तर्फको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।
बैंकले हकप्रद सेयरको गत बैंशाख ३१ गतेदेखि असार ३ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरेको थियो । सो बेला संस्थापक समूहतर्फ ३ हजार २ सय ८९ कित्ता र सर्वसाधारण समूहतर्फ ७१ हजार ९५ कित्तालाई आवेदन परेन । यसरी जम्मा ७४ हजार ३ सय ८४ कित्तामा आवेदन पर्न सकेको थिएन ।
आवेदन नपरेका सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागिएको हो । इच्छुक व्यक्ती तथा संस्थाले साउन १६ गतेदेखि २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्छ । आवेदन पेश गर्दा आफूले खरिद गर्न चाहेको प्रति कित्ता के कति दरमा कबुल गर्ने हो सो समेत खुलाउनुपर्छ ।
बोलपत्र फारम उपत्यका भित्र र बाहिर दुवै ठाउँमा पाइने तथा बुझाउन सकिने व्यवस्था रहेको छ । उपत्यका भित्र एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंमा बुझाउनु पर्ने छ ।
यसरी नै उपत्यका बाहिर भने घण्टाघर बीरगंज पर्सा, धम्बोजी चोक नेपालगञ्ज बाँके, ट्राफिक चोक बुटवल रुपन्देही, सभागृह चोक पोखरा कास्की, चौराहा चोक धनगढी कैलाली, महेन्द्रनगर कञ्चनपुर तथा इटहरी बजार सुनसरीमा रहेको कम्पनीका शाखा मार्फत समेत बोलपत्र प्राप्त गर्न तथा बुझाउन सकिने एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।
SHARE YOUR THOUGHTS