नेप्से परिसूचक २.९१ अंकले घट्यो, १६ करोडको कारोबार « Eglish Khabarhub

नेप्से परिसूचक २.९१ अंकले घट्यो, १६ करोडको कारोबार



काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.९१ अंकले घटेको छ । परिसूचक ०.२४ प्रतिशतले घट्दा ११९१.४७ विन्दुमा पुगेको हो ।

आज १ सय ६३ कम्पनीका ५ लाख ७८ हजार कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा १६ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ समूह २.२६, होटल समूह १७.१८, निर्जीवन बीमा समूह २४.९५, उत्पादनमूलक समूह ५.३६, लघुवित्त समूह ५.६१, जीवन बीमा समूह २७.६१ र अन्य समूह २.४६ अंकले घटेका हुन् ।

यस्तै, बिकास बैंक समूह ३.११, जलविद्युत समूह २.९८ र वित्त समूह ०.७८ अंकले बढेको छ ।

आज एनएमबी बैंकले सबैभन्दा धेरै कारोबार गरेको छ । बैंकले ७८ लाख बराबरको टर्नओभर गरेको हो ।

सिद्धार्थ इक्वीटी ओरेन्टेड स्किमका लगानीकर्ताहरुले ४ प्रतिशतले कमाई गरेका छन् । सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताहरुले ९.८६ प्रतिशतले गुमाएका छन् ।

Publish on: