काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संचालक मनोज उपाध्यायले दिएको राजीनामा स्वीकृत गरेको छ । संचालक समितिको साउन १५ गते बसेको ११५ औं बैठकले उपाध्यायको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उपाध्यायको राजीनामा पछि संचालक समितिको संरचनामा परिवर्तन आएको छ । हाल संस्थाको संचालक समितिको अध्यक्षमा अनिता ढुङ्गाना, सञ्चालकमा खड्गबहादुर राना, लोकनाथ नेपाल र तुलसीराम खनाल रहेको प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिव प्रेमबहादुर पाठकले जानकारी दिए ।
SHARE YOUR THOUGHTS