गुराँस लाइफइन्स्योरेन्स र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता « Eglish Khabarhub

गुराँस लाइफइन्स्योरेन्स र मेगा बैंकबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र मेगा बैंक लिमिटेडबीच मेगा बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

बैंकका केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा आवधिक, आजीवन र पेन्सन जीवनबीमा योजना सहित १२ वटा जीवन बीमा योजना बिक्री गर्ने एवम् अभिकर्ता तथा बिमितहरुलाई छिटो, छरितो एवम् भरपर्दो सेवा पुर्याउने उद्देश्यले दुई संस्थाकाबीच बैंकास्योरेन्स सम्झौता भएको हो ।

सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक सरोज बि.सी. र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराजश्रेष्ठले हस्ताक्षर गरेको बैंकद्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ ।

Publish on: