२.४० अंकले नेप्स बढ्दा २२ करोडको कारोबार « Eglish Khabarhub

२.४० अंकले नेप्स बढ्दा २२ करोडको कारोबार



काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो अंकले बृद्धी भएको छ । नेप्से परिसूचक २.४० अंकले बढेको हो । ०.२० प्रतिशतले बढदा नेप्से परिसूचक ११९३ दशमलव ८७ बिन्दुमा पुगेको हो ।

सेयर बजारमा आज १५४ कम्पनीले कारोबार गरेका छन् । ७ लाख ६६ हजार ७ सय ८९ कित्ता सेयर किनबेच हुँदा २२ करोड २१ हजार ४ सय २३ रुपैंयाको कारोबार भएको छ ।

बैंक २.८१, होटल ११.२५, विकास बैंक ३.४७, निर्जीवन बीमा ३२.४१, उत्पादन मूलक समूह १.८६, माईक्रोफाइनान्स ७.३८ तथा जीवन बीमा २८.८४ अंकले बढेका छन् ।

यस्तै, जलविद्युत ०.५६, वित्तीय ३.७, अन्य ४.७२ अंकले घटेका छन् ।
सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ५.४५ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् ।

सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले ९.४८ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Publish on: