मेगा बैंकले स्याङ्जाको भीरकोटमा ३ सय बिरुवा रोप्यो « Eglish Khabarhub

मेगा बैंकले स्याङ्जाको भीरकोटमा ३ सय बिरुवा रोप्यो



काठमाडौं । मेगा बैंक नेपाल लिमीटेडले स्याङजाको भीरकोट नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सो वृक्षारोपण संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत गरेको हो ।

वडा नम्बर ३ बानेथाकस्थित कालिका प्राथमिक विद्यालय हातमा गरिएको उक्त वृक्षारोपण कार्यक्रममा भीरकोट नगरपालिकाका मेयर छायाँराम खनाल, उपमेयर सिमा कर्माचार्य, संचाकर्मी, सामाजिक कार्यकर्ता, शिक्षक , विद्यार्थी लगायतका व्यक्तीहरुले सहभागीता जनाएका थिए । सहभागी सबै मिलेर रुद्राक्ष, कपुर, चाँप, पारिजात, अम्रिसो लगायत ३ सय  विरुवा रोपेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवीन्द्र अधिकारीले वृक्षारोपणले आगामी दिनमा विद्यालय क्षेत्र नै हराभरा बन्ने तथा कम्पाउन्ड समेत हरित हुने विचार व्यक्त गरे ।

यसरी नै बैंकले सोही नगरपालिकाको रिजू दोबाटो स्थित महालक्ष्मी प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक समेत वितरण गरेको थियो ।

सामाग्री राख्न सहज होस भनेर बैंकले सोही प्राथमिक विद्यालयलाई एउटा स्टीलको दराज समेत प्रदान गरेको थियो । भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले ग्रामीण क्षेत्रमा बैंकले खेलेको भूमिका प्रति प्रसंशा समेत व्यक्त गरेका छन् ।

Publish on: