हुण्डाई एक्सचेन्ज विहीबारबाट  « Eglish Khabarhub

हुण्डाई एक्सचेन्ज विहीबारबाट 



काठमाण्डौ । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले साउन १७ गते विहिबारदेखि हुण्डाई एक्सचेन्ज कार्यक्रम देशभरी सञ्चालन गर्ने भएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले साउन २० गते साँझ ६ बजे सम्म यो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

ग्राहकहरुको सुविधाका लागि विभिन्न कार्यक्रम र योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले एक्सचेन्ज क्याम्पलाई निरन्तरता दिएको जनाएको छ ।

यस सम्बन्धमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. का सहायक महाप्रवन्धक, बिक्री तथा बजार व्यवस्थापक रुपेश शर्मा भट्टले भने– ग्राहकहरुलाई सधै उत्कृष्ट स्ुविधा प्रदान गर्न लक्ष्मी हुण्डार्इ तल्लीन रहेको छ ।

Publish on: