काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले २४ प्रतिशत लाभांश दिन सक्ने देखिएको छ ।
बैंकले प्रकाशित गरेको विवरणम २ अर्ब १५ अर्ब रुपैयाँ लाभांश दिन सक्ने नाफाको रुपमा प्रकाशित गरेको छ । ८ अर्ब ८८ करोड चुक्ता पुँजी रहेको बैंकको असार मसान्तसम्मा १ खर्ब ६ अर्ब निक्षेप छ भने ९३ अर्ब ३७ करोड रुपैयाँ कर्जा रहेको छ ।
गत वर्ष बैंकसँग १ खर्ब १ अर्ब निक्षेप थियो भने कर्जा ८० अर्ब ८१ अर्ब रुपैयाँ कर्जा रहेको थियो ।
बैंकले ११ अर्ब ४० करोड ब्याज आम्दानी गरेर ७ अर्ब ६० करोड रुपैयाँ खर्च गर्दै खुद ब्याज आम्दानी ३ अर्ब ८० करोड गरेको छ ।
SHARE YOUR THOUGHTS