२.५६ अंकले घट्यो नेप्से, २० करोडको कारोबार « Eglish Khabarhub

२.५६ अंकले घट्यो नेप्से, २० करोडको कारोबार



काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक २.५६ अंकले घटेको हो । ०.२१ प्रतिशतले घट्दा नेप्से परिसूचक ११९१.३१ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १ सय ६२ कम्पनीले कारोबार गरेका छन् । ६ लाख ७२ हजार ३ सय ६८ कित्ता सेयर किनबेच हुँदा २० करोड ७९ लाख २१ हजार ४ सय ७० रुपैंयाको कारोबार भएको छ ।

नेप्सेका २ सूचक मात्र हरियो देखिएका छन् । यसरी नै अन्य सूचक भने रातो रहेका छन् । बैंक ०.७३ र उत्पादनमूलक समूह १.१७ अंकले बढेका छन् ।

यस्तै, होटल २.२५, विकास बैंक ८.२७, जलविद्युत १.५६, वित्तीय १।९६, निर्जीवन बीमा ५७.३७, अन्य ४.३९, माईक्रोफाईनान्स १०.७२, र जीवन बीमा २६.०६ अंकले घटेका छन् ।

बेस्ट फाईनान्स कम्पनीका लगानीकर्ताले ४.०८ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । साथै, सिटी एक्सप्रेश फाइनान्स कम्पनीका लगानीकर्ताले ९.६७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Publish on: