कर्णाली प्रदेशका छात्रछात्रालाई एनसीसी बैंकको सहयोग « Eglish Khabarhub

कर्णाली प्रदेशका छात्रछात्रालाई एनसीसी बैंकको सहयोग



काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. ले आफ्नो सामाजिक संस्थापक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ४० जना बालबालिकाहरुको १ वर्षको लागि आवश्यक पर्ने विद्यालय शुल्क तथा औषधोपचार खर्चको निमित्त एकमुष्ट ३ लाखको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

कर्णाली प्रदेश नं. ६ मा रहेका बिभिन्न जिल्लाका शिक्षा, स्वास्थ्यबाट बञ्चित अनाथ, असहाय तथा अपाङ्ग बालबालिकाको जिम्मेवारी लिई सगरमाथा प्रतिष्ठान नेपालद्वारा चोभार ६, किर्तिपुरमा सञ्चालित हेल्पलेस चिल्ड्रेन होमलाई सहयोग हस्तान्तरण गरिएको हो ।

उक्त रकम बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले एक कार्यक्रमका बीच सगरमाथा प्रतिष्ठान नेपालका अध्यक्ष नरबहादुर लिम्बुलाई हस्तान्तरण गरे । उक्त रकम ४० जना निःसहाय बालबालिकाहरुको विद्यालय शुल्कको लागि प्रतिमहिना २० हजार तथा औषधोपचार खर्च १५ यस रुपैयाँ रहेको बैंकले जनाएको छ ।

साथै सगरमाथा प्रतिष्ठान नेपाल अन्तर्गत संचालित रहेको हेल्पलेस चिल्डे«न होमको चोभार ६, किर्तिपुरमा रहेको भवनको झ्याल तथा ढोकामा एनसीसी बैंकको पहलमा जाली खापा राख्ने कार्य समेत अगाडि बढाईएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत अर्यालले उक्त प्रतिष्ठानमा रहेका बालबालिकाहरुको सफलताको लागि शुभकामना व्यक्त गर्दै भविष्यमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Publish on: