एनआइसी एशिया बैंक र सिटिजन लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स « Eglish Khabarhub

एनआइसी एशिया बैंक र सिटिजन लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स



काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।

Publish on: