काठमाण्डौ । नेपालीहरुको पावन महिना श्रावणकोे अवसर पारेर कुमारी बैंक लिमिटेडले आफ्ना महिला ग्राहकहरुलाई लक्षित गर्दै आफ्ना विभिन्न शाखाहरुमा मेहेन्दी उत्सवको आयोजना गरेको छ ।
श्रावण महिनाभर चल्ने यो उत्सवमा “शुभलक्ष्मी सेभिङ्ग” खाताका सेवाग्राहीले उपत्यका भित्र एवम् बाहिरका विभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन् ।
कुमारी बैंकका महिला ग्राहकहरुले मेहेन्दी–कार्यक्रमको अनुसूची अनुसार आफुलाई अनुकुल पर्ने दिन उल्लेखित शाखाहरुमा सम्पर्क गरी मेहेन्दी लगाउन सक्ने जनाइएको छ ।
नेपाली संस्कृति र परम्परालाई प्रबद्र्घन गर्ने एवम् महिलाहरुलाई उक्त चाड खुसीयालीका साथ मनाउन प्रोत्साहन दिने उद्घेश्यका साथ आयोजित उक्त कार्यक्रमको ग्राहकवर्गबाट निकै सकारात्मक प्रतिक्रिया आएकोे बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
महिला ग्राहकवर्गलाई लक्षित गरेर आयोजित उक्त कार्यक्रमलाई निरन्तरता दिदँै, आगामी हरितालिका तीजको अवसरमा बैंकले शुभलक्ष्मी सेभिङ्ग खाताका ग्राहकहरुलाई आकर्षक उपहार प्रदान गर्ने योजना बनाएको कुमारी बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS