बिजुली सम्बन्धी गुनासो छ ? उर्जामन्त्री पुनलाई ११५१ नम्बरमा फोन गर्नुहोस् « Eglish Khabarhub

बिजुली सम्बन्धी गुनासो छ ? उर्जामन्त्री पुनलाई ११५१ नम्बरमा फोन गर्नुहोस्



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले हरेक शुक्रबार मन्त्रालय र मातहतका निकायमा रहेका गुनासा सम्बोधन गर्न उपभोक्तासँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् ।

मन्त्री पुनको सचिवालयका अनुसार विद्युत्सम्बन्धी जनताका गुनासा तथा समस्या सुनी त्यसको समाधान गर्ने उद्देश्यले पैसा नलाग्ने टेलिफोन नम्बर ११५१ र पैसा लाग्ने फोन नम्बर ०१–४२००६४१ र ४२ मा टेलिफोन संवाद गर्ने कार्यक्रम तय गरिएको छ ।

मन्त्रालय र मातहतका नेपाल विद्युत् प्राधिकरण र विद्युत विकास विभागलगायत निकायको सेवाबारे उपभोक्ताको गुनासो सुनेर उपभोक्तालाई दिने सेवा तथा सुविधालाई प्रभावकारी बनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

उपभोक्ता तथा सेवाग्राहीसँग मन्त्री पुनले एक घण्टा प्रत्यक्ष कुराकानी गर्नेछन् ।

Publish on: