लुम्बिनी विकास बैंकपनि कनेक्ट आइपीएसमा आवद्ध « Eglish Khabarhub

लुम्बिनी विकास बैंकपनि कनेक्ट आइपीएसमा आवद्ध



काठमाण्डौ । बैंक वित्तीय संस्थाहरुलाई कनेक्ट आइपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध गराउँदै नेपालक्लियरिङ्ग हाउस लिमिटेडले कारोबार शुरु गर्ने गरि लुम्बिनी विकास बैंकलाई सो प्रणालीमा आवद्ध गराएको छ ।

नेपालक्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्ने व्यवस्था रहेका छन् ।

यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुने बताइएको छ । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ र छिटै नेपाल सरकारको अन्य कर\गैर कर भुक्तानी समेत गर्न सकिने गरि कामभैरहेको जानकारी कम्पनीले गराएको छ ।

यो प्रणालीमा हाल सम्म ३२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हालसम्म १८ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको बताइएको छ ।

Publish on: