ज्योति विकास बैंकको नयाँ शाखा झापाको विर्तामोडमा « Eglish Khabarhub

ज्योति विकास बैंकको नयाँ शाखा झापाको विर्तामोडमा



काठमाण्डौ । ज्योति विकास बैंक लि. ले झापाको विर्तामोडमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

विर्तामोड नगरपालिका वडा नं ५ विर्तामोड बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाद्वारा एक कार्यक्रमकाबीच संयुक्त रुपमा उद्घाटन गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवाकोटीले नेपाल सरकारको सम्पूर्ण नेपालीको बैंक खाता हुनुपर्ने नीति अनुरुप नेपाल राष्ट्र बैंकले बैंकिङ्ग पहुँच सर्वसाधारणमा पु¥याउने नीति लिएको सन्दर्भमा विर्तामोड नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कामना गरे ।

साथै बैंकका संचालक श्री धुव्र कोईरालाले राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी समयमै पु¥याउन सक्षम भएको यस बैंकले विपन्न परिवारका लागि लघु कर्जा देखि ठुला औद्मोगिक कर्जा दिन सक्षम रहेको र आफ्नो देशभरी रहेका शाखा कार्यालयहरु मार्पmत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको वताए ।

साथै, यस बैकले आफ्नो टोखा र पोखरा शाखा कार्यालयबाट समेत नयाँ एटीएम सेवा सुरुवात गरेको बिज्ञप्ति मार्फत जनाएको छ ।

Publish on: