काठमाण्डौ । माछापुछ्रे बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व एवम् भोजपुर कोट सेवा समाज र कोटवासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुछ्रे बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा बैंकका तर्फबाट सञ्चालकद्वय जयमुकुन्द खनाल र राममान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राजबहादुर राई र टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धवकुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरे ।
उक्त कार्यक्रमा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाई समेत कदरपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०९ स्थानवाट ग्राहकहरुमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।
साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको माछापुछ्रे बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS