१.४३ प्रतिशतले घट्यो नेप्से, १६ करोडको कारोबार « Eglish Khabarhub

१.४३ प्रतिशतले घट्यो नेप्से, १६ करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचक १.४३ अंकले घटेको हो । ०.१२ प्रतिशतले घट्दा नेप्से परिसूचक ११८९.८८ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १ सय ६० कम्पनीले कारोबार गरेका छन् । ५ लाख ९७ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा १६ करोड ७० लाख ४९ हजार ६ सय ८४ रुपैंयाको कारोबार भएको छ ।

आज नेप्सेका ५ सूचक रातो र ५ सूचक हरियो देखिएका छन् । होटल ४.२४, विकास बैंक ११.१७, अन्य ६.४९, माइक्रोफाइनान्स ०.२१ र जीवन बिमा ३.६४ अंकले बढेका छन् ।

त्यसैगरी, बैंक ३.५१, हाइड्रोपावर ५.६५, फाइनान्स ०.९७, निर्जीवन बिमा ३०.९२ र उत्पादनमूलक समूह २०.०६ अंकले घटेका छन् ।

सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले ९.८२ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । साथै, आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५.३० प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

Publish on: