सिप्रदी ट्रेडिङको नयाँ स्कीम, ३० प्रतिशत डाउन पेमेन्टमा टाटाका गाडी « Eglish Khabarhub

सिप्रदी ट्रेडिङको नयाँ स्कीम, ३० प्रतिशत डाउन पेमेन्टमा टाटाका गाडी



काठमाडौं । टाटा मोटर्सको विक्रेता सिप्रदी ट्रेडिङ्गले ३० प्रतिशत डाउन पेमेन्टसहित विभिन्न स्किम ल्याएको छ । कम्पनीले ‘आफ्नो गाडी आफैं सवारी’ नाराका साथ नयाँ अभियान सुरु गरेको हो ।

कम्पनीका अनुसार युवा रोजगारीको सृजना लक्ष्य बोकेर सिप्रदीले यो अफर ल्याएको हो ।

यसका साथै सिप्रदीले प्रत्येक टाटा सुमो गोल्डको खरिदमा ग्राहकलाई निःशुल्क ड्राइभिङ तालिम, मेकानिक तालिम, सुलभ ब्याजमा ऋण र १ वर्षसम्मको बीमाको सुविधा प्रधान गर्नेछ ।

सिप्रदीले १४ प्रतिशत ब्याजदरमा ५ वर्षको लागि ऋण उपलब्ध गराउन लागेको सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले जानकारी दिए ।

उनले २ सय जनालाई यो अभियान अन्तर्गन सुविधा उपलब्ध गराइने बताए ।
‘हामी ब्यवसायका रुपमा ३० प्रतिशत डाउन पेमेन्टमा गाडी धितो राखेर नै गाडी दिएर रोजगारका लागि सहयोग गर्नेछौँ,’ श्रेष्ठले भने ।

ग्राहकले गाडी किनेपछि छिट्टै बिग्रेको अण्डमापनि सिप्रदीका टाटा वर्कसपले मर्मत सम्भारकोपनि व्यवस्था गर्ने कम्पनीले जानकारी दिएको छ ।

हाल देशभर टाटाका ५७ वर्कशपहरु रहेका छन् भने ४५ वटा गाडी सोरुम रहेका छन् ।

Publish on: