काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक बर्षमा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्ष १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले गत आर्थिक बर्षमा ४७ करोड रुपैयाँ खुद नाफा बढाएको हो ।
बैंकले सार्बजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा व्याजबाट ३ अर्ब ३४ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । बैंकले ९ अर्ब ९६ करोड रुपैयाँ ब्याज आम्दानी गरी ६ अर्ब ६२ करोड रुपैयाँ ब्याज खर्च गरेको छ ।
गत आर्थिक बर्षमा र्बैंकको कस्ट अफ फण्ट ७.६३ प्रतिशत रहेको थियो । प्रतिसेयर आम्दानी (इपीएस) भने २१.९१ रहेको छ । साथै बैंकको लिक्यूईडिटि रेसियो भने २७.३९ प्रतिशत रहेको छ ।
बैंकले गत आर्थिक बर्षमा १ खर्ब १ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ७६ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । बैंकले २८ करोड ४४ लाख रुपैयाँ राइटब्याक गरेको छ भने ४२ करोड ३२ लाख रुपैयाँ सम्भावित कर्जा नोक्सानीको लागि ब्यवस्था गरेको छ ।
SHARE YOUR THOUGHTS