काठमाडौं । प्रोग्रेशिभ फाईनान्सले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाईनान्सले आगामी भदौ ५ गतेदेखि सेयर निष्काशन गर्न लागेको हो । साथै असोज ८ गते बैंकिङ् समय पश्चात भने हकप्रद निष्काशन बन्द हुने छ ।
कायम रहेका सेयर धनीहरुकालागि १ कित्ता बराबर नयाँ २ दशमलब ८१ को अनुपातमा हुनेछ । यसरी निष्काशित ५९ लाख १ हजार कित्ता हकप्रद साधारण सेयर प्रतिकित्ता सयको दरमा खरिद गर्न सकिनेछ ।
सनराईज क्यापिटल लिमिटेड, कमल पोखरीमा सेयर खरिदका लागि आवेदन दिन र बुझाउन सकिनेछ । यस्तै, प्रोग्रेशिभ फाइनान्स केन्द्रीय कार्यालय पाको न्यूरोड तथा प्रोगेशिभ कै शाखा कार्यालय बनेपा काभ्रेमा समेत सम्पर्क गर्न सकिन्छ ।
यसैगरी काठमाडौं बाहिर भने बिराटनगर, पोखरा, बुटवल, बीरगञ्ज, धरान नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज, लाहानमा रहेका सनराईज बैंक लिमिटेडका शाखा कार्यालयमा सम्पर्क गर्न सकिन्छ ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक, वित्तीय संस्था तथा तिनका कार्यालय तथा शाखा कार्यालयमा समेत सम्पर्क गर्न सकिने धितो पत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।