बेस्ट फाइनान्सको सञ्चालक समिति परिवर्तन, अध्यक्षमा न्यौपाने « Eglish Khabarhub

बेस्ट फाइनान्सको सञ्चालक समिति परिवर्तन, अध्यक्षमा न्यौपाने



काठमाडौं । बेस्ट फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । सिनर्जी फाइनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात उक्त फाइनान्सको सञ्चालक समितिमा परिवर्तन आएको हो ।

नयाँ सञ्चालक समितिको अध्यक्षमा पदमराज न्यौपाने चयन भएका छन् । साथै सञ्चालकमा मिलन थापा, कृष्णहरी श्रेष्ठ, सुरज क्षेत्री, महेशप्रसाद अधिकारी र बेबिजन तिमिल्सिना रहेका छन् ।

स्वतन्त्र संचालकमा भने बिमलप्रसाद ढकाल चयन भएको कम्पनी सचिव उद्धवराज थपलियाले बताए ।

Publish on: