काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आउने क्रमले आज सोमबारपनि निरन्तरता पाएको छ । नेप्से परिसूचक ०.२१ अंकले घटेको हो । ०.०२ प्रतिशतले घट्दा नेप्से परिसूचक ११८९.६७ बिन्दुमा पुगेको छ ।
आज सेयर बजारमा १४८ कम्पनीले कारोबार गरेका छन् । ७ लाख ९६ हजार ७ सय ३४ कित्ता सेयर किनबेच हुँदा १९ करोड १७ लाख ४८ हजार १२० रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूचकमा ११ वटा सूचक मध्ये ५ हरियो, ६ सूचक रातो रहे । बैंक १.२३, ट्रेडिङ २.११, जलविद्युत ०.८५, वित्तीय १.१८ र माईक्रोफाईनान्स ६.३६ अंकले बढेका छन् ।
होटल ६.०३, विकास बैंक ४.९८, निर्जीवन बीमा ०.०९, उत्पादनमूलक समूह ०.०७, अन्य ४.७३ र जीवन बीमा १६.७३ अंकले घटेका छन् ।
सपोर्ट माईक्रोफाईनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९६ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस्तै, मल्टीपर्पोज फाईनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले ८.६३ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
SHARE YOUR THOUGHTS