काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सिइओ) पुण्यप्रसाद खनियाँले दिएको राजीनामा स्वीकृत भएको छ ।
संस्थाको साउन १७ गते बसेको संचालक समितिको ५९ बैंठकले सिइओ खनियाँको राजीनामा स्विकृत गरेको हो ।
भदौं १ गतेबाट लागु हुने गरी राजीनामा स्वीकृत गरिएको कम्पनी सचिव अशोक सुवेदीले जानकारी दिए ।
अर्को व्यवस्था नहुन्जेलसम्म राजेन्द्रप्रसाद न्यौपानेलाई कार्यबाहक सिइओको जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको छ ।
SHARE YOUR THOUGHTS