महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण « Eglish Khabarhub

महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण



काठमाण्डौ । महालक्ष्मी विकास बैँक लि.ले साउन २१ गतेदेखि रुपन्देहीको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ ।

उक्त शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको हो । बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ ।

बैंकले असार २०७५ सम्म २७ अर्ब २७ करोड निक्षेप संकलन गरी २१ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको जनाएको छ ।

Publish on: