सांग्रिला डेभलपमेन्ट बैंक र सन नेपाललाईफबीच बैंकास्योरेन्स सुरेन्स सम्झौता « Eglish Khabarhub

सांग्रिला डेभलपमेन्ट बैंक र सन नेपाललाईफबीच बैंकास्योरेन्स सुरेन्स सम्झौता



काठमाण्डौ । सन नेपाललाईफ ईन्स्योरेन्स र सांग्रिला डेभलपमेन्ट बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा सन नेपाललाईफ ईन्स्योरेन्सकातर्फबाट बिभागीय प्रमुख बिनोद शर्मा पौडेल र सांग्रिला डेभलपमेन्ट बैंकको तर्फबाट बिभागीय प्रमुख तेजबहादुर थकुल्लाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अन्र्तगत सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाललाइफ ईन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाललाईफ ईन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने जनाइएको छ ।

Publish on: