काठमाडौं । एनआईसी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा आएका छन् । धादिङ्ग स्थित गजूरी गाउँपालिका र गल्छी गाउँपालिकामा बैंकले २ नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
गजूरी गाउँपालिका वडा नं १ का अध्यक्ष राजेन्द्रविक्रम बस्नेत र गल्छी गाँउपालिका वडा नं ७ का अध्यक्ष कृष्णहरी श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
बैंकले देशभर २ सय ३४ शाखा कार्यालयहरु, २ सय २४ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । हालसम्म बैंकमा करिब ११ लाख ७५ हजार ग्राहक रहेका छन् ।
SHARE YOUR THOUGHTS