घिमिरे भए नयाँ नेपाल वित्तीय संस्थाको सीइओ « Eglish Khabarhub

घिमिरे भए नयाँ नेपाल वित्तीय संस्थाको सीइओ



काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा सरोज घिमिरे नियुक्त भएका छन् ।

सर्वसाधारणका तर्फबाट सदस्य पदमा रहेका उनलाई संस्थाले सिइओ नियुक्त गरेको हो । संचालन समितिको सदस्यबाट उनले दिएको राजीनामा स्वीकृत गर्दै उनलाई सिइओ नियुक्त गरिएको बताइएको छ ।

साउन १९ गते बसेको संचालक समितिको बैठकले साउन २० गतेबाट लागू हुने गरी आगामी चार बर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा घिमिरेलाई नियुक्त गरिएको कम्पनी सचिब दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए ।

Publish on: