काठमाण्डौ । “योर पार्टनरफरप्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको मालिका बालबिद्यालयका दुईजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रम बीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड, महेन्द्रनगर शाखाका प्रबन्धक नरेन्द्र चन्दले कंचनपुरको भीमदत्त नगरपालिका वडा नं २, भासीमा रहेको मालिका बालविद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायलाई ५१ हजार ६ सय ५० को चेक हस्तान्तरण गरे ।
उक्त रकमबाट विद्यालयको कक्षा ६ मा अध्ययनरत दिनेश पन्तलाई २६ हजार २ सय तथा कक्षा ५ मा अध्ययनरत महेन्द्र रानालाई २५ हजार ४ सय ५० को छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रिन्सिपल देवचन्द्र उपाध्यायले जानकारी दिए ।
SHARE YOUR THOUGHTS