काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सुपर एजेन्ट भई काम गर्न जिएमइ रेमिट प्रा.लि. नियुक्त भएको छ । उक्त सुपर एजेन्ट सम्बन्धि सम्झौतामा जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरे ।
सम्झौता बमोजिम माछापुच्छ्रे रेमिटमार्फत पठाएको रकम जिएमइ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी गर्नेछ भने जिएमइ रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम माछापुच्छ्रे बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्दै आइरहेकोछ ।
हाल जिएमइ रेमिटले खाडी मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान लगाएतका देशहरुबाट रेमिट्यान्स कारोबार गदै आएको छ ।

About Us
प्रतिक्रिया