काठमाडौं । लामो समयको अन्तरालपछि यो साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा वृद्धी भएको छ ।
साताको पहिलो दिन दोहोरो अंकले घटेको परिसूचक दोस्रो दिन भने दोहोरो अंकले नै बढेको हो । नेप्से परिसूचक १०.४३ अंकले बढेको हो । ०.९० प्रतिशतले बढदा परिसूचक ११७४.३७ बिन्दुमा पुगेको हो ।
सेयर बजारमा आज १५७ कम्पनीले कारोबार गरेका छन् । ५ लाख ३३ हजार ४ सय ९२ कित्ता सेयर किनबेच हुदा १६ करोड ९६ लाख ६१ हजार ४ सय ३१ रुपैयाँको कारोबार भएको छ ।
होटल समूह बाहेक सबै समूहका सूचक हरियो रहेका छन् । बजार बढेको दिन होटल समूह भने बढ्न सकेन । केही दिनदेखि निरन्तर घट्दो क्रममा रहेको बैंक समूह आज भने बढेको देखिन्छ । नेप्से परिसूचकमा आज ९ सूचक हरियो रहे ।
बैंक ७.५४, विकास बैंक १६.२२, जलविद्युत ३.९८, वित्तीय २.३६, निर्जीवन बीमा ७५.५५, उत्पादनमूलक समूह ४.५७, अन्य ६.९७, माईक्रोफाइनान्स १५.०२ र जीवन बीमा ११०.८५ अंकले बढेका छन् ।
आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.०४ प्रतिशतले सबैभन्दा धेरै नाफा कमाएका छन् ।
यस्तै, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लागनीकर्ताले ९.९१ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
SHARE YOUR THOUGHTS