ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता « Eglish Khabarhub

ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता



काठमाण्डौ । ज्योति विकास बैंक लि. र कुमारी बैंक लि.बीच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा ज्योति विकास बैंक लिमिटेडको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा कुमारी बैंकका तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेशसिह भण्डारीले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा कुमारी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र कुमारी बैंकको रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पूर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ । हाल ज्योति विकास बैँक को ६० वटा शाखा रहेका छन् भने यस आर्थिक वर्ष भित्र थप ३० शाखा संचालनमा आउने जनाइएको छ ।

सम्झौतापश्चात कुमारी बैंकका ८५ शाखा कार्यालयबाट ज्योति रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्न सकिने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

Publish on: