एनआईसी एशिया र प्रभु लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता « Eglish Khabarhub

एनआईसी एशिया र प्रभु लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले प्रभु लाईफइन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

यस सम्झौताअनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३७ वटै शाखाहरुबाट सहज रुपमाप्रभु लाईफइन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपानेज्यू र इन्स्योरेन्स कम्पनीको तर्फबाट निमित्तप्रमुखकार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेज्यूले हस्ताक्षर गरे ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १७ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

Publish on: