ग्लोबल आईएमई र आइएमई लाइफबीच सम्झौता « Eglish Khabarhub

ग्लोबल आईएमई र आइएमई लाइफबीच सम्झौता



काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि. र आइएमई लाइफ इन्सुरेन्स कम्पनी लि. बीच बिहीबार बैंकास्योरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा हस्ताक्षरपछि ग्लोबल आईएमई बैंक लि. का १३१ वटै शाखाहरु मार्फत आइएमई लाइफ इन्सुरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मापौड्याल र आइएमई लाइफ इन्सुरेन्स कम्पनी लि.का सहायक महाप्रबन्धक दिनेश अमात्यले हस्ताक्षर गरेका छन् ।

Publish on: